बालबालिकासँग सुन्तलीको ‘चि मुसी चि’ (भिडियो)



chi-musi-chi-hawaldar-suntali-thuloparda-dot-com

ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘हवल्दार सुन्तली’को ‘चि मुसी चि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायिका शिल्पा पोखरेल बालबालिकासँग रमाइरहेको देख्न सकिन्छ । बालबाललिकाको दुख प्रस्तुत गरेको सार्वजनिक गीतमा सहिमा श्रेष्ठ र सम्राज्ञी मल्लको आवाज रहेको छ ।

सार्वजनिक गीतमा दिपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द रहेको छ । चैत २७ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र हवल्दार सुन्तलीमा नायिका शिल्पा पोखरेलसँगै सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भुमिकामा रहेका छन् । ऋषि लामिछाने निर्देशित ‘हवल्दार सुन्तली’ सत्य घटनामा आधारित फिक्सनल बायोपिक चलचित्र हो ।

चलचित्रलाई स्थापित निर्माता छविराज ओझाले निर्माण गरेका हुन् । चैत्र २७ गतेनै अर्का दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘सेतो बाघ’ पनि प्रदर्शनमा आउनेछन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu