विश्वकै कान्छा निर्देशक सौगातलाई साढे ३ लाख बराबरको छात्रवृत्ति प्रदान



saugat

ठुलोपर्दा डटकम, काठमाण्डौ।
७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकका रुपमा नाम लेखाएका सौगात बिष्टलाई सूर्योदय आवासीय माध्यमिक विद्यालयले रू. तीन लाख पचास हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।

सूर्योदय आवासीय माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययनरत सौगातको प्रतिभालाई कदर गर्दै विद्यालयले उक्त छात्रवृत्ति प्रदान गरेको हो । सौगातका लागि कक्षा ३ देखि कक्षा १० सम्म छात्रवृत्ति दिने निर्णय विद्यालयले गरेको प्रिन्सिपल लक्ष्य बहादुर केसीले जानकारी दिए ।

चलचित्र लब यू बाबा निर्देशन गरेपछि चौतर्फि चर्चा कमाउन सफल सौगातलाई यति बेला विभिन्न ठाँउहरुमा विभिन्न संघ संस्थाहरुले सम्मान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu