हलिउड अभिनेता निकोलस बेन्ड्रनलाई फ्लोरिडा प्रहरीले गिरफ्तार गरेको छ। ‘बफ्फी द भ्याम्पायर स्लेयर’ फिल्मबाट चर्चित बनेका निकोलसलाई नशालु पदार्थ र मदिरा सेवन गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पप संस्कृति सम्मेलन एएलटिसी कार्नमा सहभागी हुन फ्लोरिडा गएका निकोलसलाई सोहि ठाँउबाट प्रहरीले गिरफ्तार गरेको हो । ‘टिएम जेड डटकम’ले जनाए अनुसार उनी आफैले आफू बसेको होटलमा आफ्नो पर्स हराएको जानकारी दिँदै प्रहरीलाई बोलाएका थिए । घटनास्थलमा पुलिस पुग्दा उनी बेहोसी हालतमा थिए र उनले हराएको भनिएको पर्स उनी आफैले ड्रेसरमा राखेको अवश्थामा भेट्टिएको थियो ।
होटल कर्मचारीका अनुसार निकोलसले दिउसै नशालु पदार्थ र मदिरा सेवन गरेका थिए । उनी यस अघि पनि फेब्रुवरीमामा मदिरा सेवन मामलामा पक्राउ परेका थिए ।