बुवाको सङ्घर्ष र जिम्मेवारीमा बालेनको र्‍याप,  ‘झरीपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक



काठमाडौं – कुशल र्‍यापर तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को आवाजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ओरिजिनल साउन्ड ट्र्याक सार्वजनिक भएको छ । बालेन स्वयंको युट्युब च्यानलमार्फत रिलिज गरिएको ‘आम नेपाली बुवा’ शीर्षकको यो मार्मिक गीतमा उनले नेपाली बुवाहरूको कठोर सङ्घर्ष, उनीहरूले निभाउने जिम्मेवारी र सन्तानप्रतिको गहिरो भावनात्मक सम्बन्धलाई सशक्त रूपमा चित्रण गरेका छन् । यो र्‍याप गीतको शब्द रचना पनि बालेन शाहले नै गरेका हुन् ।

यो चलचित्र चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेका हुन् । चलचित्र आगामी पुस ४ गते देखि प्रदर्शनमा आउने तयारीमा छ । यसको मुख्य कथावस्तु देशको वर्तमान राजनीतिक अस्थिरता, त्यसले आम जनतामा पारेको गहिरो प्रभाव र नयाँ पुस्ताका युवाहरूको महत्त्वाकाङ्क्षा र आक्रोशमा केन्द्रित छ ।

चलचित्रमा अर्जुन घिमिरेसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली लगायतका कलाकारहरूको अभिनय रहेको छ । विशेष गरी अभिनेता गणेश उप्रेती ले यही चलचित्रमार्फत नौ वर्षपछि ठुलो पर्दामा पुनरागमन गरेका छन् । यसै गरी, विमोचन दवाडी र जेसिका पोखरेलले यो फिल्मबाट अभिनयमा डेब्यु गरेका छन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu