दुर्गा परियारको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘तिम्लाई खूशी देख्न पाए …’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुरै छायांकन अमेरिकाको सिकासोमा भएको यस भिडियोलाई देवेन्द्र क्षेत्रीले निर्देशन तथा छायांकन गरेका छन् । सम्पादक बिष्णु शर्मा हुन् ।
प्रेमी-प्रेमीकाको सफल प्रेम देखाउन खोजिएको भिडियोमा सन्देश पौडेल र दिया सुनामको अभिनय रहेको छ । निर्देशक तथा कलाकारले यसै भिडियोबाट डेब्यू गरेका हुन् । द अर्थ म्यूजिकले बजार ब्यबस्थापन गरेको यस गीतमा रेशम रचकका शब्द तथा संगीत रहेको छ ।
भिडियो हेर्नुहोस्: