म माथीपनि धेरै पटक राजनीति भएको छ: मल्लिका



Mallika-Sherawat-dirty-polotics

लामो समयको अन्तरालपछि बलिउडको पर्दामा फेरी देखिएकी मल्लिका शेरावतले अभिनय गरेको बलिउड फिल्म ‘डर्टी पोलिटिक्स’ केहि समय अगाडी मात्र प्रदर्शनमा आएको थियो । ‘डर्टी पोलिटिक्स’ले आफ्नो करियरमा अर्को नयाँ मोड लिने विश्वास गरेकी मल्लिका अन्तत: असफल नै रहिन् ।

‘डर्टी पोलिटिक्स’ले खासै कमाल देखाउन नसकेपछि यति बेला मल्लिका केहि तनावमा देखिएकी छिन् । फिल्ममा मल्लिका र ओम पुरीको बोल्ड सिन छन् । यी दुईले दिएका दृश्य चचिर्त भए । फिल्म ‘डर्टी पोलिटिक्स’मा मल्लिकाका साथै ओम पुरी, आशुतोष राणा, ज्याकी श्राफ, अनुपम खेर, अतुल कुलकर्णी, सुशान्त सिंह, राजपाल यादव र नसिरुद्दिन शाह पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्मको नामझैँ मल्लिका पनि आफू थुप्रैपटक डर्टी पोलिटिक्सको शिकार भएको बताउँछिन् । उनले भनिन्, ‘म कैयौँ पटक जिन्दगीमा डर्टी पोलिटिक्सको शिकार भएकी छु । राम्रो फिल्म प्रोजेक्ट हातमा पर्छ । मलाई हिरोइन लिने तय हुन्छ तर पछि हिरोलाई अर्की हिरोइन मन पर्छ । र, म फिल्मबाट निकालिन्छु’ । यस्तो राजनीतिको आफू पटक-पटक शिकार भएको बताउँदै उनले थपिन्, ‘मेरो सन्दभर्मा धेरै पटक यस्तो भएको छ । डाइरेक्टर आफ्नी प्रेमिकालाई काम दिन्छ र मलाई फिल्मबाट निकालिदिन्छ । यस्तो राजनीति थुप्रैपटक भएको छ’ ।

फिल्म डर्टी पोलिटिक्स असफल भएपछि केहि तनावमा देखिएकी मल्भिका अब आँफै फिल्म निर्माण गर्ने सोचमा समेत रहेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu