‘मधुमालतीको कथा’ अन्तराष्ट्रिय चलचित्र महोत्सवमा



Madhumalatiko-Katha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
लघु चलचित्र ‘मधुमालतीको कथा’ ‘डिटेक्टिभ फिल्म फेस्टिवल’मा छनोट भएको छ । रुसको मस्कोमा अप्रिल १५ देखि अप्रिल १९ सम्म चल्ने यो महोत्सवमा ‘मधुमालतीको कथा’ पनि प्रदर्शन हुने छ ।

महोत्सवमा लघु चलचित्र टिभीसिरिज विधामा मनोनयनमा परेको निर्देशक सुभाष गजुरेलले बताए । यथार्थवादी तथा प्रगतिवादी कथाकार रमेश विकलको कथामा आधारित ‘मधुमालती’को कथा बाल मनोविज्ञानमा आधारित छ ।

हेलो नेपाल फिल्मस् प्रालिको प्रस्तुति रहेको सो लघु चलचित्रमा मदनदास श्रेष्ठ, विष्णुभक्त फुयाँल, मञ्जु श्रेष्ठ, सविता गुरुङ, जिके शर्मा, ध्रुव राई, भरत सिटौला, योगरत्न वज्राचार्यका साथै बाल कलाकार सन्तोष पोखरेल र आयुषा सुवेदीको मुख्य अभिनय छ । चलचित्रमा श्याम रायमाझीको छायांकन, विरेन्द्र विपीनको सम्पादन र निर्देशन सुवास गजुरेलको छ । विनय पोखरेल, विश्वराम विष्ट र धर्मराज पोखरेलले यसलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu