ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र २७ देखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘हवल्दार सुन्तली’ले आइतबार सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । अब चलचित्रलाई सबै वर्गका दर्शकहरुले हेर्न पाउनेछन् ।
सेन्सर पास भएपछि चलचित्रका कार्यकारी निर्माता छविराज ओझाले चलचित्रमा समावेश कुनै पनि दृश्य नकाटिएको जानकारी दिँदै सेन्सर बोर्डका सदस्यहरुले पनि चलचित्र निकै रुचाएको बताए । शिल्पा पोखरेल, सविन श्रेष्ठ, किशोर खतिवडा लगाएतको मुख्य भूमिकामा रहेको ‘हवल्दार सुन्तली’ फिक्सनल बायोपिक चलचित्र हो ।
चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चैत्र २७ गते नै अर्का दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘सेतो बाघ’ पनि प्रदर्शनमा आउनेछन् ।