शिल्पालाई नौ करोड भारू ठगेको आरोप



shilpa-Shetty

बलिउड अभिनेत्री एवम् आइपिएल टोली राजस्थान रोयल्सकी मालिक समेत रहेकी शिल्पा शेट्टीलाई कोलकाताको एमके मिडिया प्रालिले नौ करोड भारू ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको छ ।

शिल्पा आफैले चलाइरहेको कम्पनीमा झुट बोलेर नौ करोड रुपयाँ लगानी गर्न उक्साएको आरोप लगाएका छ । कम्पनीका डिप्टी कमिश्नर मुरलीधरले शिल्पाका विरुद्द धोकाधडी, फिरौती, धम्की तथा आपराधिक षड्यन्त्र अन्तरगत शिल्पा र उनको कम्पनीको विरुद्द मुद्दा दर्ता गरिएको बताएका छन् ।

कम्पनीका अनुसार शिल्पाको कम्पनीले दुई वर्ष भित्र लगानीको दश गुना रकम फिर्ता हुने आश्वासनमा लगानी गर्न लगाएकी थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu