विकास बोर्डले जित्यो वर्गिकरणको मुद्दा



film-development-boardठुलोपर्दा डटकम, काठमाण्डौ।
२०६८ साल माघ १८ गते गरिएको फिल्म र क्यामेराको आधारमा वर्गिकरणको निर्णय माथि परेको मुद्दामा चलचित्र विकास बोर्डले जित हासिल गरेको छ । वुधबार भएको अन्तिम बहसमा विकास बोर्डले जित हासिल गरेको हो ।

क्यामेराको आधारमा चलचित्रको वर्गिकरण गर्दा निर्देशकको सृजनाको मुल्याङ्कन नहुने भन्दै निर्देशक केपी पाठक नेतृत्वमा अदालतमा रिट परेको थियो । चलचित्र विकास बोर्डबाट वकिल तारा कुमार श्रेष्ठले मुद्दा लडेका थिए र उनले नै जित हासिल गर्न महत्वपुर्ण भुमिका खेलेको स्रोतले बताएको छ ।

माओवादी निकट फिल्मकर्मी केपी पाठकले अन्तिममा आफ्नोपक्षमा अदातलको निर्णय नभएपछि उनको टिमले ब्यहोरेको थियो । केपी पाठकले उक्त निर्णय विरुद्द सर्वोच्चमा मुद्दा हालेपछि सर्वोच्च अदालतले समेत स्टे अर्डर जारी गर्दै विकास बोर्डको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

वुधबार न्यायधिसद्वय शुशिला रायमाझी र जगदिश शर्माको इजलासले उक्त रिट खारेज गरिदिएको हो । अदालतको यस निर्णयले चलचित्रक्षेत्रलाई निकै ठुलो उपलब्धि हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu