अमेरिकामा धुर्मुस, सुन्तलीले हँसाउने, प्रमोद र पशुपतिले नचाउने



dhurmus-suntali-pramod

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषी समुदायबीच नेपाली कला र संस्कृति झल्कने विविध कार्यक्रम संचालन गरिने भएको छ । वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सी प्रा.लि. नेपालको प्रस्तुतीमा रहने कार्यक्रमलाई २०७२ नयाँ बर्ष धमाका भाग १ नाम दिइएको छ । अमेरिकामा रहेका नेपाली समुदायमाझ गर्न लागिएको यस कार्यक्रमको आयोजना अमेरिकास्थित वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एल.एल.सी.ले गर्न लागेको हो ।

अमेरिकास्थित कार्यक्रमको संयोजन डब्लुवीएमसी एलएलसीका अध्यक्ष बृद्धिप्रसाद रेग्मीले गर्न लागेका हुन् । यस कार्यक्रमबाट संचित केहि रकम कलाकारहरु नेपाल फर्किसकेपछि अनाथालयहरुलाई सहयोगस्वरुप प्रदान गरिने आज काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको छ । करिब डेढ महिना भन्दा बढि आयोजना हुने २०७२ नयाँ बर्ष धमाका भाग १ मा सहभागी हुन लोकदोहोरी गायक पशुपति शर्मा, गायिका संगीता थापा मगर, हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, गायक प्रमोद खरेलले भव्य प्रस्तुती दिनेछन् ।

‘२०७२ नयाँ वर्ष धमाका भाग १’ कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’को यो जोडीले सरसफाई अभियानको चेतनासँगै चारवटा प्रहसन गर्ने छ । २०७२ नयाँ बर्ष धमाका भाग १ को पहिलो कार्यक्रम भर्जिनिया स्थित नोभा कलेजमा हुने आयोजक सस्था वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालका संयोजक शारदा पौडेलले जानकारी दिइन् । कार्यक्रममा सहभागी हुन नेपालबाट लोकगायक पशुपति शर्मा,गायिका संगीता थापा मगर, हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, गायक प्रमोद खरेल अप्रिल २ तारिकसम्ममा अमेरिकाको बाल्टिमोर पुगीसक्ने संयोजक पौडेलले जानकारी दिइन् । भर्जिनियामा अप्रिल ४ बाट सुरु हुने कार्यक्रम अमेरिकाको सेटलमा ३० मेमा पुगेर टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu