धरानबाट सकियो लाहुरेको ‘पार्सल’



Parshalठुलोपर्दा डटकम, धरान।
करिब १ महिनाको छायांकन पश्चात नेपाली चलचित्र ‘पार्सल’को छायाँकन बिहिबारबाट सकिएको छ । लाहुरेहरुले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयलाई उठान गरेको चलचित्र पार्सलको अधिकांश छायाँकन पूर्वमा गरिएको हो । ‘पार्सल’को काठमाडौको एयरपोर्टदेखी पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम ,धरान, महेन्द्रनगर लगायतका पर्यटकीयस्थलमा छायांकन भएको थियो ।

बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै निर्माणपक्षले अब चलचित्र ३ महिनापछि प्रदर्शन गरिने बताएको छ । चलचित्रको अब धमाधम सम्पादन कार्य सुरु हुने निर्माता दक्षकुमार राइले जानकारी दिए । यो चलचित्रलाई रविन श्रेष्ठले निर्देशन गरेका हुन् । किशोर सम्वाहाम्फेको प्रस्तुतीमा रहेको यस चलचित्रलाई दक्षकुमार राइले निर्माण गर्न लागेका हुन् । ‘पार्सल’मा सिंगापुर प्रहरीका इन्स्पेक्टर प्रभु श्रेष्ठ नायक र सृजना फागो लिम्बुले नायिकाका रुपमा अभिनय गरेका छन् ।

४१ दिनमा छायांकन सकिएको चलचित्रमा विक्रम सिंह, सोनु जयन्ती, प्रेसिका निरौला, पुजा तामाङ, किशोर सम्वाहाङ्फे लगायतले अभिनय गरेका छन् । चलचित्रमा विकास चौधरीको संगीत, दयाराम पाण्डेको गीत समावेश छ । यूवराज राईको छायांकन, सानु कुमार महर्जनको एक्सन रहेको चलचित्रको कथा, पटकथा तथा संवाद प्रभु श्रेष्ठले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu