ऐश्वर्याको ‘जज्बा’ ९ अक्टोवरमा



aishwarya-ray-jazba-cinema

बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या रायले कमब्याक गरेको चलचित्र ‘जज्बा’ ९ अक्टोवरमा रिलिज हुने भएको छ । चलचित्र जज्बामा ऐश्वर्याको अलवा इरफान, शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ ।

संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहने छ । ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

छोरी आराध्याको जन्म भएपछि बलिउड चलचित्रबाट टाढा भएकी ऐश्वर्या पाँच बर्षपछि फेरी बलिउड चलचित्रमा व्यस्त हुदैंछिन् । यससँगै अभिनेत्री रायले अरु केहि चलचित्रमा समेत अभिनय गर्ने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu