ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायनमा स्थापित हुँदै गरेकी गायिका अनुमा कोइरालाले आफ्नो दोस्रो गीति एल्वम ‘अन्माई दियौं’मा समावेश ‘अन्माई दियौं’ बोलको म्यूजिक भिडियो आँफैले निर्देशन गरेकी छिन् । सामाजिक तथा साँस्कृतिक मान्यता समेटिएको उक्त गीतमा सञ्जु श्रेष्ठको शब्द तथा संगीत रहेको छ ।
यो गीतको म्युजिक भिडियोको कलात्मकता भएको अग्रजहरुले प्रतिक्रिया दिएको निर्देशन अनुमाले बताएकी छिन् । गायिका अनुमाले २०६५ सालमा आफ्नो पहिलो एल्बम बजारमा ल्याएकी थिइन् । पप गीतबाट डेब्यु गरेकी अनुमानले तेश्रो भिडियोसम्म आइपुग्दा आधुनिक गायनमा प्रवेश गरेकी छिन् । ‘अन्माइ दियौ’ बोलको गीतको राम्रो प्रतिक्रिया आइरहेको बताउने अनुमाले अहिलेका पुस्ताका लागि फरक धारको गीत र भिडियो आफुले गरेको दाबी गर्छिन् ।
जीवनको एउटा क्षणको पिडालाई जीवन्त रुपमा समेटीएको भिडियोमा सामाजिक मुल्य र मान्यता, तथा आमा, बाबु र छोरीको प्रेमलाई मुख्य रुपमा झल्काईएको छ । जसमा सम्राट सापकोटा, प्रेम बर्षा, प्रतिक्षा चन्द, जीवन कोईराला, नमिता कोईराला, उरुषा पाण्डे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस्: