ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘हवल्दार सुन्तली’सम्म आईपुग्दा बिसौँ चलचित्र बनाएका निर्माता छविराज ओझाले चलचित्रमा नायिका शिल्पा पोखरेलको दोहोरो भूमिका रहेको खुलाएका छन् । ठुलोपर्दा डटकमसँगको भिडियो कुराकानीमा निर्माता ओझाले दुई प्रकारकी महिलाको रुपमा शिल्पालाई चलचित्रमा प्रस्तुत गरिएको स्पष्ट पारेका हुन् ।
‘कस्तो-कस्तो भूमिका छ त’ भन्ने प्रश्नमा ओझाले धेरै खुलाउन चाहेनन् । उनले भने ‘पैसा तिरेर आउने दर्शकलाई मज्जा नआउने तरिकाले पुरै खुलाउन चाहन्न’ । बायोपिक चलचित्र ‘हवल्दार सुन्तली’ले बाजी मार्नेमा उनि ढुक्क छन् । लगातार सबै गीत हिट हुनु, प्रोमोलाई रुचाईनु र अघिल्ला चलचित्रको राम्रो छाप रहनु यो चलचित्र हिट हुनुको आधार रहेको उनि बताउँछन् । ‘हवल्दार सुन्तली’ निर्देशक ऋषि लामिछानेको अहिलेसम्मकै उत्कृष्ट चलचित्र हुने विश्वासमा रहेका ओझाले चलचित्रको बारेमा अन्य धेरै कुरा खुलाएका छन् । भिडियोमा हेरौँ निर्माता ओझासँग गरिएको कुराकानीको संपादित अंश: