शिव बन्न मन छ: अक्षय कुमार



Akshay-Kumar

बलिउडमा व्यस्त नायकका रुपमा परिचित अभिनेता अक्षय कुमार प्राय: सामाजिक मुद्दामा केन्द्रित भएका चलचित्रहरुमा बढि देखिने गर्छन् । यतिबेला उनले भगवान शिवको भुमिकामा अभिनय गर्न अत्याधिक मन लागेको बताएका छन् । यसअघि उनि भगवान श्रीकृष्णको भूमिकामा ‘ओ माई गड’ नामक चलचित्रमा अभिय गरेका थिए ।

आफ्नो भगवान शिव निकै मन पर्ने भगवान भएका कारण आफुलाई भगवान शिवको भुमिकामा अभिनय गर्न मन लागेको खुलाएका छन् । अक्षय कुमार अभिनित पछिल्लो चलचित्र ‘गब्बर इज बैक’को प्रचार प्रसारको क्रममा अक्षय कुमारले यस्तो इच्छा व्यक्त गरेका हुन् । उनले भनेका छन् -‘जब म सानो थिए तब मैले भगवानहरुकै चलचित्रहरु हेरेर बढेको हुँ त्यसैले पनि मलाई भगवान शिवको भुमिका निकै मनपर्छ ।’ उनले अगाडी भने -‘गाउँमा अरु मानिसहरु शोले चलचित्र हेर्न जान्थे तर मलाई मेरो दिदीहरुले जय संतोषी जस्ता धार्मिक चलचित्रहरु देखाउनु हुँन्थ्यो,त्यसैले पनि म धार्मिक चलचित्र भनेपछि मरिहत्य गर्छु ।’ उनले भने -‘म शिवको सबैभन्दा असल र ठुलो भक्त हुँ ।’

हाल अक्षय कुमार बलिउड चलचित्र एयरलिफ्टको शूटिंगमा व्यस्त छन् । नेता, पुलिस र एक साधारण व्यक्तिसँग जोडिएको कथालाई मुख्य केन्द्रविन्दुमा राखेर निर्माण भएको ‘गब्बर इज ब्याक’ चलचित्र मे १ तारिकमा रिलिज हुदैंछ । फिल्ममा अक्षय कुमार गलतको सहि गर्ने एक कोशिस गरिरहेको देख्न सकिन्छ । संजय लीला भंसालीको प्रोडक्शनमा बनेको यस फिल्मले यति बेला देखी नै बलिउडका केहि नयाँ तरंग श्रृजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu