‘होस्टेल रिटर्न्स’को ट्रेलर सार्वजनिक



hostel-returns-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख २५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘होस्टेल रिटर्न्स’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आज राजधानीको क्यूज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र होस्टेल रिटर्न्स ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रका कलाकार, निर्माता, निर्देशकको भव्य उपस्थिति रहेको कार्यक्रममा चलचित्रकर्मी, पत्रकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्रको अफिसियल ट्रेलरसँगै उक्त कार्यक्रममा चलचित्रका निर्देशक सुरज भुषालको पनि जन्मदिनको अवसरमा केक काटिएको थियो । चलचित्रको ट्रेलर सार्वजनिक पश्चात कार्यक्रममा बोल्दैं चलचित्रका निर्माता सुनिल रावलले चलचित्र ‘होस्टेल रिटर्न्स’ अहिलेका पुस्ताहरुको आवाज बोकेको बताउँदै चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताए । साथै उनले ‘शिक्षाका लागि रिटर्न्स’ भन्ने अभियान सुरु गरेको र यस अभियानबाट दुर्गमक्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पाठयपुस्तक सँगै शैक्षिक सामाग्री पनि वितरण गरिने बताएका छन् ।

त्यस्तै, चलचित्रका निर्देशक सुरज भुषाले चलचित्रलाई आफुले उत्कृष्ट बनाउने प्रयास गरेको र चलचित्र उत्कृष्ट बन्न सफल भएको पनि बताए । चलचित्रलाई सुरज भुषाले निर्देशन गरेका हुन् भने सुनिल रावलले निर्माण गरेका हुन् । चलचित्रले कलेज पढ्ने यूवापुस्ताको घटनालाई देखाउने छ । आज सार्वजनिक गरिएको चलचित्रको ट्रेलरलाई उपस्थित सबैले अत्याधिक मन पराएका थिए ।

चलचित्र होस्टेल रिटन्र्समा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, स्वस्तिमा खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, स्वप्निल शर्माको संगीत, चन्द्र पन्तको एक्सन छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र होस्टेलको सिक्वेल हो ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu