‘क्लासिक’को गीत रेकर्डिङ सुरु



classic-Song-Recordingठुलोपर्दा डटकम, काठमाण्डौ।
वैशाख अन्तिमबाट छायांकन सुरु हुने तयारीमा रहेको चलचित्र ‘क्लासिक’को राजधानीको सिनेजोन स्टूडियोमा गीत रेकर्डिङ सुरु गरिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेको यूनिटले नै यो चलचित्र निर्माण गर्न लागेको हो । सुवास इन्टरटेन्मेन्टले नायक आर्यन सिग्देलको कम्पनी आर्यन सिग्देल इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो ।

गीत रेकर्डिङमा सहभागी हुँदै चलचित्रका निर्माता सुवास गिरीले गीत संगीतलाई चलचित्रमा विषेश प्राथमिकताका साथ राखिएको बताए । संगीतकार ताराप्रकाश लिम्बुले चलचित्रको गीतमा उत्कृष्ट संगीत दिएको दाबी गदैं निर्माता गिरीले चलचित्र ‘क्लासिक’मा सहभागी हुने गीतहरु उत्कृष्ट रहने बताए । आज गरिएको गीत रेकर्डिङमा निर्देशक दिनेश राउत, संगीतकार ताराप्रकाश लिम्बु, निर्माताद्धय सुवास गिरी र कमल गिरी, गायक युवराज चौलागाई, गायिका मेलिना राई, छायांकार राजेश श्रेष्ठ, एसोसियट निर्देशक विकास सुवेदी, एरेन्जर राजन इशान उपस्थिती थिए ।

यस चलचित्रमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ मुख्य भुमिकामा रहनेछन् भने दयाहाङ राइको समेत चलचित्रमा अभिनय रहनेछ । म्यूजिकल लभस्टोरीमा आधारित भएर निर्माण हुन लागेको यस चलचित्रलाई सफल बनाउन निर्माणपक्ष अहिले देखीनै व्यापक तयारीका साथ अगाडी बढेको छ । यसै बर्ष प्रदर्शनमा आएको चलचित्र ‘नोभेम्बर रेन’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu