काठमाडौंमा ‘छायाँ’को प्रिमियर



chhayan

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बालमनोविज्ञान, यौन तथा शारीरिक सम्बन्ध, अभिभावकसगँको दुरी, त्यसबाट उत्पन्न हुने द्धन्द्ध र समाधानका विषयलाई मुख्य केन्द्रविन्दुमा राखेर निर्माण भएको चलचित्र ‘छायाँ’को प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार राजधानीको बिग मूभिजमा आयोजना गरिएको प्रिमियरमा चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरमा सहभागीहरुले चलचित्रको कथावस्तु समय सान्दर्भिक भएको भन्दैं कलाकार निर्देशकको खुलेरै तारिफ गरेका थिए । उक्त प्रिमियर शोमा चलचित्रका कलाकार,निर्देशक तथा निर्मातालाई सम्मान पनि गरिएको थियो । सम्मान तथा चलचित्रको प्रिमियर कार्यक्रममा बोल्दैं चलचित्रका निर्देशक मनोज पण्डितले यो चलचित्रले ठुलो सन्देश नदिएपनि मानविय संवेदनाको प्रश्न सबैमा उठोस भन्ने चाहना रहेको बताए । उनले चलचित्र ‘छायाँ’ एउटा परिवारको पिडादायक संघर्षलाई प्रस्तुत गरिएको पनि जानकारी दिए ।

चलचित्र ‘छायाँ’मा अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साईब्रत आचार्य, प्रविना खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको हालसम्म प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu