आलियाको स्वरमा एल्बम आउँदै



alia-bhat-singing

बलिउडमा प्रवेश गरेको छोटो समयमा नै सर्वाधिक चर्चामा आएकी बलिउड अभिनेत्री आलिया भट्टलाई अब नायिका मात्र भन्दा गलत हुन सक्छ । किनकी उनी अब चाडैं गायिकाको रुपमा पनि चिनिने भएकी छिन् । अभिनयमा हालसम्म कसैले खोट लगाउन नसकेको आलियालाई अब गायकमा पनि त्यसरीनै अगाडी बढ्ने सुरुमा रहेकी छिन् ।

आफुले अहिलेसम्म कसैबाट पनि संगीतसम्बन्धी शिक्षा नलिएको बताउने आलिया आफुलाई बाथरुम सिंगर भन्न रुचाउँछिन् तर अब उनको स्वरमा सजिएको एल्बम दर्शक,स्रोता माझ चाडैं आउने तयारीमा रहेको छ । २२ वर्षमा हिड्दैं गरेकी आलियाले अबको तीन वर्षमा एल्बम निकाल्ने योजना बनाएकी छन् । हाल आलिया अभिषेक चौबेको फिल्म ‘उड्ता पञ्जाब’मा व्यस्त छिन् ।

यसभन्दा अगाडी मात्र उनले साहिद कपुरसँगको चलचित्र ‘सान्दार’को छायांकन सकाइसकेकी छिन् । उनी निर्देशक होमी अड्जानियाको अर्को प्रोजेक्टमा सुशान्त सिंह राजपुतसँग रोमान्स गर्दैछिन् । यसैकारणले पनि उनले तुरुन्तै एल्बम निकाल्ने योजना तीन वर्षलाई पछाडि सारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu