टपलेस फोटो बाँडेपछि सन्नीविरुद्द मुद्दा



Sunny-leone

पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन बेला बेला चर्चा र विवादमा तानिरहने नायिकाको रुपमा चिनिन्छन् । पोर्न इन्डस्ट्रीबाट बलिउडमा छिरेको कारण टपलेस फोटो खिचाउन खासै अफठ्यारो नमान्ने सनी यस पटक भने टपलेस फोटो खिचेकै कारण पुन विवादमा तानिएकी छिन् ।

बलिउडमा छिरेर आफ्नो छवि सुधार अभियानमा लागेकी उनले अर्धनग्न फोटो खिचाएपछि भारतको सुरतस्थित प्रहरी कार्यालयमा उनीविरुद्द उजुरी दर्ता भएको छ । चलचित्र एक पहेली लिलाको प्रचार प्रसारको क्रममा केही दिनअघि सुरत पुगेकी सन्नीलार्इ देख्न हजारौं मानिस आतुर भएर जम्मा भएका थिए । मानिसको भींड देखेपछि चलचित्रका निर्माताले उनको कार्यक्रम हुने होटल नै परिवर्तन गरेका थिए । त्यही कारण उनलार्इ हेर्न आतुर फ्यान आक्रोशित भएका थिए । त्यहाँ सन्नीसँग उनका पति ड्यानियल पनि सँगै थिए ।

सन्नीले चलचित्रको प्रमोशनका लागि फ्यानको ध्यान तान्न सुरतमा अर्धनग्न भइ फोटो खिचाउनुकासाथै अर्धनग्न पोस्टर पनि बाँड्न भ्याएकी थिइन् । भींड बटुल्नका लागि अर्धनग्न हुनुका साथै नग्न पोष्टर पनि बाँडेको आरोपमा सनीलाई सुरतका एक बासिन्दाले प्रहरीमा उजुरी दिएका छन् । सो उजुरीमा सन्नीले भींड बटुल्नका लागि अर्धनग्न हुनुका साथै नग्न पोष्टर पनि बाँडेको आरोप लगाइएको छ । यो घटनापछि सन्नीले सामाजिक सञ्जाल ट्वीटरमा फ्यानहरुसँग माफी पनि मागेकी छन् । जो मानिसहरु कार्यक्रममा आएका थिए, उनीहरुसँग माफी माग्छु, उनले भनेकी छन्, ‘यो कार्यक्रममा ब्यवस्थित ढंगले आयोजित गरिएन, म पनि तपार्इंहरुसँग भेट्न आतुर थिएँ, म बाट भएको कम्जोरीप्रति माफी चहान्छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu