आफ्नै कथा लेख्दै पाट्रिसिया



patrisiya

ओस्कर विजेता अभिनेत्री पाट्रिसिया आर्केटले अब पुस्तक लेख्ने भएकी छिन् । हलिउड चलचित्र ब्वाइहुडबाट ओस्कार अवार्डमा उत्कृष्ट सहअभिनेत्रीको अर्वाड हात पारेकी उनी हाल पुस्तक लेखन कार्यमा व्यस्त रहेको बताएकी छिन् । उनले आफ्नै जिन्दगीको सुख,दुखको बारेमा पुस्तक लेख्न लागेकी हुन् ।

र्‍यान्डम हाउस पब्लिसरले ४६ वर्षीया यी अभिनेत्रीले लेख्ने पुस्तक छाप्ने घोषणा गरिसकेको छ। संस्मरण लेखन मेरो अन्तरंग कलाको नयाँ यात्रा हुनेछ। यसले अभिनेत्रीका रूपमा मेरो यात्रालाई अनुशासित रूपमा पाठकमाझ पुर्याउनेछु, पाट्रिसियाले भनेकी छन्।

‘मेरो जिन्दगीको सुख दुखको यात्रा पठेर अरुले पनि धेरै पाठ सिक्न सकुन भन्ने हेतुले पुस्तक प्रकाशन गर्न लागेको हुँ’, पाट्रिसिया अगाडी भन्छिन् -‘सबैले स्टार मात्र भन्छन् र स्टारको पनि आफ्नैं व्यथा हुन्छ हो त्यो व्यथा म सबै माझ ल्याउन चाहान्छु ।’ स्रोतका अनुसार उक्त पुस्तक २०१६ मा प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu