ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रदर्शनको नजिकमा रहेको बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ३’को काठमाडौंमा भब्य प्रिमियर गरिएको छ । सोमवार साँझ काठमाण्डौको बिग मुभिजमा गरिएको प्रिमिरयमा चलचित्रकर्मी, पत्रकार, कलाकारहरुको उल्लेखनिय सहभागीता रहेको थियो । चलचित्र हेरेपछि उपस्थित सबैले ‘नाई नभन्नु ल ३’ को तारिफ गरेका थिए ।
चलचित्रको कथावस्तु र कलाकारहरुको अभिनयले चलचित्र जिवन्त बनेको उपस्थिती चलचित्रकर्मीहरुले बताएका थिए । चलचित्रको प्रिमियर शोमा पत्रकार भुषण दाहाल, निर्देशक सविर श्रेष्ठ, नायिका प्रिंयका कार्की, कलाकार अनुभव रेग्मी, नायक आर्यन सिग्देल, सुरजसिंह ठकुरी, निर्माता एवं निर्देशक विकास आचार्य, नायक दयाहांग राई, पूर्व मिसनेपाल माल्भिका सुब्बा, गायक राजेश पायल राई, हाँस्य कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौला, नायिका रेखा थापा, नायिका आष्मा डिसी लगायतका कलाकार एवं पत्रकारहरुको भव्य उपस्थित रहेको थियो ।
आगामी शुक्रवार देखि देशब्यापी प्रर्दशनको तयारीमा रहेको ‘नाईं नभन्नू ल ३’मा आर्यन सिग्देल, सुरज सिंह ठकुरी, सञ्चिता लुईँटेल संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी, प्रियंका कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई विकास आचार्यले निर्माण गरेका हुन् भने मुस्कान ढकालले निर्देशन गरेका हुन् ।