दीपिकाको भिडियोमाथी कंगनाको टिप्पणी



kangana-ranaut

बलिउड चलचित्रमा प्राय: ‘बोल्ड’ तथा ‘सेक्सी’ भूमिकामा देखिरहने बलिउड अभिनेत्री कंगना रनौटले ‘सेक्सी’ बन्दैमा महिला सशक्तिकरण नहुने बताएकी छन् । उनले केही दिन अगाडी सार्वजनिक भएको दीपिका पादुकोण अभिनित ‘माई च्वाइस’ भिडियोमाथि प्रतिक्रिया दिँदै सो कुरा बताएकी हुन्।

कंगनले भनेकी छिन्, ‘महिला सशक्तिकरणको मतलब पुरुषमा हिन भावना पैदा गर्नु हैन । हामीले यसो गरेमा पुरूषको सशक्तिकरणका लागि २० वर्ष लगाउनुपर्ने हुन्छ । सशक्तिकरणको मतलब मानिसलाई मानिसकै रुपमा विकसित गर्नु हो । यसको मतलब तपाई ‘सेक्सी’ बन्नुहोस भन्ने हैन् ।’ कंगनाले यस्तो प्रतिक्रया दिएपनि उनले दिपिकाको भिडियो नहेरेको बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अहिले कंगना र दीपिका पादुकोण बिचको सम्बन्ध राम्रो छैन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu