अडियोको सफलतापछि “कहाँ साँचौ अब…”को भिडियो



raman

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक रमण रेग्मीको “कहाँ साँचौ अब…” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । इन्स्पिरेसन एल्बममा समावेश भएको उक्त गीतमा संगीत तथा शब्द युवराज भण्डारीको रहेको छ । उक्त म्युजिक भिडियोलाई मधु निहुरेले निर्देशन गरेका हुन् भने अष्ट्रेलियाका राम केसी र राजिब भुषालको छायांकन रहेको छ ।

सार्वजनिक भिडियोमा बर्षा सिवाकोटीले अभिनय गरेकी छिन् । गीतमा विछोड पछिका वियोगान्त भावहरुलाई प्रस्तुत गरिएको छ । अडियोलाई स्रोताहरुले अत्याधिक मनपराएपछि भिडियो बजारमा ल्याएको बताउने रमण भन्छन्, ‘यो भिडियोले सबैको मन मनको कथा बोल्छ ।’ रमणले आगामी दिनमा पनि संगीतलाई निरन्तरता दिने बताउँछन् । रमण २०५५-५६ साल देखि नेपाली सांगीतिक क्षेत्रमा लाग्दै आएका छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा सहभागी हुदै डोरेमी संगीत पाठशालामा सास्त्रीय संगीतको अध्ययन पनि गर्दै आएका थिए ।

२०६२ सालमा रमणको स्वरमा रहेको गीत देव दत्त भट्टको “भोगाई” एल्बममा समावेश भएको थियो । इन्स्पिरेसन एल्बममा “कहाँ साचौ अब…” सँगै घर त लगनखेलको रिमिक्स भर्सन पनि समावेश गरिएको छ । सिल्फ इन्टरटेन्मेन्टले बजारमा ल्याएको इन्स्पिरेसन एल्बमबाट विक्रि भएको ५० प्रतिशत रकम दिक्षा चापागाईँद्वारा काठमाडौंमा सञ्चालित पवित्र सेवा समाजलाई दिने समेत बताइएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu