ठुलोपर्दा डटकम, काठमाण्डौ।
संचारकर्मी सुमन दाहालको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र नो स्मोकिङको हाल डबिङ कार्य तिब्र गतिमा भइरहेको छ । मुरारी पोख्रेलले निर्माण गरेको यो चलचित्रलाई सुमन दाहालले निर्देशन गरेका हुन् । यसअघि ‘मन परेपछि’ निर्देशन गरेका सुमनले यसपटक धुम्रपानका कारण हुने असरलाई ‘नो स्मोकिङ’मा देखाउन खोजेका हुन् । खैरावङ् फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रले समाजमा रहेका विकृति विशंगतीहरुलाई कलात्मक र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको बताइएको छ ।
रेड स्टूडियो महाराजगंजमा पोष्ट प्रोडक्शनको काममा व्यस्त निर्देशक दाहालका अनुसार हाल डबिङ, कलर, र व्याकराउड म्यूजिकको काम एकैसाथ भइरहेको छ।चलचित्रमा दिव्य सुवेदीको छायाकंन, राजु शाह, कविराज गहतराज, विकास घले गुरूडको नृत्य, हिमाल केसीको द्वन्द्व, टंक वुढाथोकीको संगीत, दिपक लिम्वु, मिलन अमात्य, शिवानी मोक्तान, टंक वुडाथोकीको स्वर तथा सरोज प्याकुरेल, अमोल सर्मा र शंकर घायल लेखन, नारायण पान्डेको संम्पादन, रेनेस फागोको कलर संयोजन रहेको छ ।
निर्देशक सुमन दाहालका अनुसार नो स्मोकिङको सम्पूर्ण प्राविधिक काम सकेपछि मात्र प्रदर्शन मिति तय गरिने जानकारी दिए । उनि भन्छन्, ‘कामनै नसकि प्रदर्शन मिती तय गर्दा काममा हतार हुने र लामो समयको मेहेनत कहिल काहि तलमाथी पर्ने हुन्छ, त्यसैले पहिले चलचित्र निर्माण पुरा गरिसकेपछि मात्र चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्ने छौं ।’ यस अघि यो चलचित्रको छायांकन सकिएपछिनै बैशाख ११ गते प्रदर्शनमा आउने बताइएको थियो ।