बन्दुक तेर्साउदै ‘भैरव’को पोष्टर रिलिज



bhairav-first-look-poster

ठुलोपर्दा डटकम, काठमाडौं ।
लामो समयपछि चलचित्रको पर्दामा देखिन लागेका एक्शन नायक निखिल उप्रेतीले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र भैरवको अफिसियल पोष्टर रिलिज भएको छ । सार्वजनिक पोष्टरमा नायक निखिल उप्रेती बन्दुक ताक्दै गरेको अवस्थामा देखिएका छन् भने नायिका अनु शाहसगै पोष्टरमा अरु कलाकारहरु पनि देखिएका छन् ।

जेष्ठ २२ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रलाई गोपाल कायस्थले वितरणको जिम्मा लिएका छन् । लामो समयसम्म नायक निखिल उप्रेतीको एक्शन हेर्न लालाहित भएका दर्शकहरुका लागी चलचित्र भैरव यति बेला बहुप्रतिक्षित बनिरहेको छ ।

चलचित्र ‘भैरव’मा निखिल र नायिका अनु शाहको अलवा मुरलीधर, नगेन्द्र रिजाल, रबिन हुड सेन लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । भारतीय सिमाना क्षेत्रमा हुने चोरी डकैती र तस्करीमा नेपाल प्रहरीको भूमिकाको विषय वस्तुलाई चलचित्रमा उठाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu