सोनिकाको गीतमा बर्षा पल-पल मरेपछि…(भिडियो)



barsha-raut-in-sonika-lamas-video

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका सोनिका लामाको आवाजमा रहेको ‘पल-पल मरे’ नामक बोलको भिडियो सार्वजनिक भएको छ । ‘सोनिका’ नामक एल्बममा समावेश उक्त बोलको गीतमा नेत्र र दिव्या लामाको शब्द रहेको छ भने रमेश खड्काको संगीत रहेको छ । सार्वजनिक ‘पल-पल मरे’ बोलको भिडियोलाई अनिल थापाले निर्देशन गरेका हुन् भने शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । सार्वजनिक भिडियोमा बर्षा सिवाकोटीसँगै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । भिडियोले बर्षाको प्रेमलाई देखाउन खोजेको छ । आफुलाई मन पराउने प्रेमी अर्कै तिर सल्केपछिको पिडा बर्षाले भिडियो मार्फत व्यक्त गरेकी छिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu