अशिष्माको हट पहिरनमा प्रदिपले दिए साथ, गरियो ‘अधकट्टी’को म्यूजिक लन्च



adhkatti1ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र अधकट्टीको म्यूजिक लन्च गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको म्यूजिक लन्च गरिएको हो । यस अघिनै चलचित्रका सम्पुर्ण गीतहरु सार्वजनिक भएता पनि चलचित्रमा समाबेश सम्पुर्ण गीतहरुको संगालो रहेको म्यूजिक लन्च गरिएको हो ।

उक्त चलचित्रका सम्पुर्ण गीतहरु समाबेश एल्बमलाई ९ जना नायिकाहरुले विमोचन गरेका थिए । नायिका करिश्मा मानन्धर,शिल्पा पोखरेल,झरना थापा,रिचा शर्मा,प्रियंका कार्की,निता ढुंगाना,नम्रता श्रेष्ठ,हर्षिका श्रेष्ठ र यस चलचित्रका निर्माता प्रदिप उदयकी श्रीमतीले संयूक्त रुपमा म्यूजिक लन्च गरेका थिए । म्यूजिक लन्च पश्चात कार्यक्रममा बोल्दैं चलचित्रका निर्माण प्रदिप उदयले चलचित्रको बारेमा आफुले दर्शकहरुलाई भन्नु भन्दा पनि चलचित्र हेरेपछि दर्शकहरु आफैं प्रतिक्रिया दिने बताए । उनले भने -‘चलचित्रलाई हामीले राम्रो बनाउने प्रयास गरेका छौं र दर्शकहरुले पनि चलचित्रलाई मनपराउनु हुनेछ ।’ त्यस्तैं सोहि कार्यक्रममा बोल्दैं चलचित्र निर्देशक एवं रंग पत्रकार सुव्रत आचार्यले आफ्नो पहिलो निर्देशकीय चलचित्रलाई सबैले मन पराउने दाबी गरे ।

चलचित्रलाई पूर्णतया कमेडी बिषयमा निर्माण गरेको निर्देशक आचार्यले जानकारी दिएका छन् । द्धारिक उदयको फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । प्रदिप उदयको लगानी रहेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव-कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ । उक्त म्यूजिक लन्च कार्यक्रममा चलचित्रको गीतहरुमा चलचित्रका कलाकारहरुले लाइभ नृत्य प्रस्तुत गरेका थिए । ‘ फिगर कोकाकोला’,’हे नम्रता’ लगायतका गीतहरुमा चलचित्र कलाकारहरु अशिष्मा नकर्मी,रिस्ता बस्नेत,गौरव पहारी,प्रदिप बाँस्तोला लगायतले आफ्नो जादुमय नृत्य प्रस्तुत गर्दै गर्दा कार्यक्रममा सहभागी चलचित्रकर्मी,पत्रकारहरुले तालि बजाउदैं साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu