जन्मदिनको केट काट्दैं बसन्तले गरे ‘होलिडे’को निर्माण घोषणा



holiday1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार एवं गायक टंक बुढाथोकीले काठमाडौंको पुतलीसडकमा ‘स्टूडियो नाइन’ सञ्चालनमा ल्याएका छन् । मंगलबार उक्त स्टूडियोको गायक आनन्द कार्कीले शुभारम्भ गरेका थिए । साथैं सोहि अवसरमा चलचित्र ‘होलिडे’को गीत रेकडिङ सुरु गरिएको छ । बसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको मंगलबारबाट टंक बुढाथोकीको नयाँ स्टूडियो ‘स्टूडियो नाइन’मा गीत रेकडिङ गराइएको छ ।

holiday2

चलचित्रका लागी कलाकारहरु पक्का नभएपनि चलचित्रको गीत रेकडिङ सुरु गरेको जानकारी दिदैं निर्देशक निरौलाले हाल रेकडिङ हुने गीत उत्कृष्ट बनाउनलाई विशेष ध्यान दिएको बताए । निर्देशक निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर केक काट्दै चलचित्र ‘होलिडे’को निर्देशन गर्ने घोषणा गरेका हुन् । चलचित्रमा ३ गीत समावेश हुने जानकारी दिदैं निरौलाले भने -‘यस चलचित्रलाई अहिलेसम्मकै उत्कष्ट चलचित्र बनाउने छु ।’

holiday3

यसअघि बसन्तले ‘विजयपथ, राजनीति र आवेग’ निर्देशन गरिसकेका छन् । चलचित्रको निर्माण घोषणा कार्यक्रममा नायक आर्यन सिग्देल, नायिका संचिता लुइटेल, कलाकार रमेश बुढाथोकी, पवित्रा आचार्य उपस्थित भएका थिए । मंगलबार गराइएको गीत रेकडिङमा टंक बुढाथोकीलेस्वर तथा संगीत दिएका छन् भने उनलाई गायिका मनिषा पोख्रेलले साथ दिएकी छिन् ।

holiday4

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu