जेठ २९ बाट ‘राहदानी’



dayahang-rai-rahadani

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रंगपत्रकार डब्बु क्षेत्रीको निर्देशनमा तयार भएको चलचित्र राहदानी जेठ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । वैदेशिक रोजगारी पीडितहरुको कथा बोकेको चलचित्र राहदानी काठमाडौं र मोफसलका थ्रिएटरबाट एकसाथ प्रदर्शन गर्न लागिएको निर्देशक क्षेत्रीले जानकारी दिए ।

लक्ष्मीप्रसाद ढकाल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा दयाहांग राई, रिमा विश्वकर्मा, विनिता घिमिरे, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, दिनेश दुलाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

काठमाडौं र मोफसल गरि करिब डेढदर्जन बढि ठाउँहरुमा च्यारिटी शो सम्पन्न भइसकेको यस चलचित्रमा राजु शाहको नृत्य, बसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोल र गैरे सुरेशको संगीत, बनिश शाहको सम्पादन, रामशरण उप्रेतीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu