स्वर्गीय अभिनेता पललाई छोरीको सम्झना



paul-walker-and-daughterस्वर्गीय हलिउड अभिनेता पल वाकरकी छोरी मेडावले एउटा मनछुने तस्विर सेयर गरेकी छिन् । उनी पिता एवं हलिउड अभिनेता पलसँग हाँसेर बसेको देख्न सकिन्छ । हलिउडको एक वेवसाइटका अनुसार १६ बर्षकी मेडावले सानो छदाँ एक म्यूजिक फेस्टिवल कोचेला बाट फर्किने क्रममा उक्त तस्विर स्वर्गीय अभिनेता पल वाकरले खिचेका थिए । त्यति बेला उनकी छोरी ३ बर्षकी थिइन् ।

पल वाकरको मृत्यु हुनु भन्दा २ बर्षसम्म पहिला देखीनै मेडाव पलको साथमा रहिआएकी थिइन् । अहिले मेडाव आफ्नाी आमा रेबेका स्टीरियोको साथमा रहदैं आएकी छिन् । केहि समय अगाडी मेडावले आफ्नो सम्पूर्ण परिवारको साथमा पलले अभिनय गरेको अन्तिम चलचित्र फ्यूरियस ७ को प्रिमियरमा सहभागी भएकी थिइन ।

पल वाकरको मृत्यु २०१३ मा कार दुर्घटनामा भएको थियो । जब उनको चलचित्र फ्यूरियस ७ को प्रोडक्शनको काम भइरहेको थियो । यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् जसमा पल वाकर, भिन डिजेल, डेवान जोन्सन, मिचेल रोड्रिग्युज, लुकास ब्ल्याक आदि कलाकारले अभिनय गरेका छन्।

Advt.
Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu