ठुलोपर्दा डटकम, काठमाण्डौ।
बरिष्ठ गीतकार,गायक एवं संगीतकार प्रेमप्रकाश मल्लको निधन भएको छ । लामो समयदेखी पक्षघातको समस्याले ग्रसित मल्लको गएराती बाँकेको नेपालगञ्जस्थित मेडिकल कलेजमा निधन भएको हो ।
उहाँका माछापुच्छ्रे फेवा तालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्ची कै को पोखरा नै रै’छ, वनकी म चरी, म मरे पनि मेरो देश जस्ता दर्जनौँ गीतहरु आज पनि लोकप्रिय छन् । उहाँको आजै अन्त्येष्टी गरिने परिवारीक स्रोतले जानकारी दिएको छ । मल्लको टाउकोमा रगत जमेकाले भारतको लखनउस्थित कृष्ण मेडिकल सेन्टर शल्यक्रिया गरि घर ल्याइएको थियो ।
७९ वर्षीय मल्ल विगत १३ वर्षदेखि पक्षघातबाट असक्त भएर ओछ्यानमै आफ्नो जीवन बिताइरहेका थिए । २०५४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पाएको उनको चर्चित गीत म मरे पनि मेरो देश बाँचिरहोस्मा शिवशंकर मानन्धरले संगीत दिएका थिए।