‘अभागिनी आमा २’ फ्रान्सको लेस थिटोप फेस्टिभलका लागी छनोट



Avagini-aama-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
क्रियटिभ एकेडेमी कीर्तिपुरले तयार पारेको नाटक अभागिनी आमा २ बैशाख १८ गते फ्रान्सको बर्जाकमा मञ्चन हुने भएको छ । स्याडो र मल्टिमेडियाको प्रयोग गरिएका यस नाटकमा आर्या सापकोटा, दिपभरा केसी, रोहित रोक्का, श्रीजन राजभण्डारी र यूरानस अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

नाटक अभागिनी आमा २ को कथा बर्षौँ पुरानो भएपनि यो कथाले अझै सबैको मन विझाउने खाल्को भएको यस नाटकका लेखक तथा निर्देशक प्रेम पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले सोचेका पनि थिएनौं हाम्रो एउटा सानो प्रयास फ्रान्सको नाटक फेस्टिभलसम्म मञ्चन हुन्छ भन्ने तर नाटकको कथावस्तु निकै मार्मिक भएका कारण नाटक अभागिनी आमा २ ले उक्त ठाउँ पाएको हो’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu