‘हिट एन्ड रन’ मुद्दामा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले दुई दिनको धरौटी पाएका छन् । सलमानले विविध कारण देखाउँदै दुई दिनको लागी धरौटी अपिल गरेका थिए ।
बुधबार सेसन अदालतले सन् २००२ मा फुटपाथमा सुतेका मानिसलाई कारले किचेर मारेको अभियोगमा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो ।