चलचित्र संघद्वारा दुई लाख बढि राहत घोषणा, चलचित्र घरको जाँच गरिने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाल चलचित्र संघले भुकम्प पीडितका लागि दुई लाख एघार हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बुधवार बसेको संघको कार्य समितीको बैठकले बैशाख १२ गतेको महाभुकम्पबाट पीडितहरुको उद्धार, उपचार, राहत, पुनर्स्थापना, भौतिक संरचनाको मर्मत तथा पुननिर्माणका लागि संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग घोषणा गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा महाभुकम्पबाट अपूरणीय रुपमा भएको मानविय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै सर्वश्व गुमाउने व्यक्ति तथा परिवारहरुप्रति समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

भूकम्पबाट चलचित्र घरहरुमा भएको क्षतिको बारेमा अध्ययनको लागि संघका अध्यक्ष नकिम उद्दिन सहित महासचिव र कोषाध्यक्ष सहितको तीन सदस्यिय कार्यदलले बरिष्ठ इञ्जिनियरहरुको टोलीसँग चलचित्र घरहरुको निरिक्षण गर्न लगाउने साथै चलचित्र घरका सञ्चालक तथा कर्मचारीको मानविय तथा भौतिक क्षतिको विवरण लिई राहतको लागि सम्बन्धित निकायसँग पहल गर्ने र नेपाल चलचित्र संघले समेत सहयोग गर्ने निर्णय भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu