नायिका/निर्माताद्वारा गोरखाको मनकामना मन्दिरमा दीप प्रज्ज्वलन



manakamana3

ठुलोपर्दा डटकम, गोरखा।
सहयोगि हातहरु नामक संस्थाको सहकार्यमा नेपाली चलचित्र निर्माता कम्पनी पुनम इन्टरटेनमेण्टद्वारा बैशाख १२ गतेको महाभुकम्पमा परी ज्यान गुमाएकाको आत्माको चिर शान्तिको कामना तथा घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै गोरखाको मनकामना मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ । दीप प्रज्ज्वलनमा मनकामना मन्दिरको चित्र अंकित गरिएको थियो ।

manakamana2

दिप प्रज्वलन कार्यक्रममा चर्चित अभिनेत्री गौरी मल्ल, निर्मात्री पुनम क्षेत्री गौतम, इजी पिपुलका कुशल नहर्कीको सहभागिता थियो । मनकामनामा अवस्थित मनकामना नमूना गा.वि.स., मनकामना क्षेत्र विकास समिती, मनकामना मन्दिर जिर्णोद्वार, गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई र योङ्ग जेनेरेसन क्लब अफ मनकामनाको सहयोगमा दिप प्रज्वलन गर्ने कार्य सम्पन्न भएको निर्माता गौतमले जानकारी दिईन् ।

manakamana1

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu