नेपालीलाई सहयोग गरेका ज्याकी च्यान भन्छन्, ‘म मरेको छैन’



jackie-chan-death-news-fake

नेपालमा गएको महाभूकम्पमा परि ज्यान गुमाएका परिवार र घाईते परिवारलाई केहि दिन अगाडी १ लाख डलर सहयोग गरेका हलिउडका चर्चित अभिनेता ज्याकी च्यानले आफु मरेको भन्ने झुटो खबरबाट निकै दुखी भएको बताएका छन् ।

ज्याकी च्यानको ट्वीट हेर्नुहोस्:

इन्टरनेटमा आफु मरेको भन्ने झुटो खबरप्रति ट्वीट गर्दै ज्याकी च्यानले भनेका छन्, ‘म ज्यूँदै छु,म मरेको भन्ने झुटो खबरले मलाई निकै दुःख लागेको छ । त्यसैले मेरा दर्शक तथा शुभचिन्तकहरुलाई यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।’ ट्वीट गर्दै ज्याकीले फेसबुक र चिनियाँ सामाजिक सञ्जाल वीबोमा आफ्नो एक-एकवटा आधिकारिक पेज मात्र रहेको पनि स्पष्ट पारेका छन् ।

हाल ज्याकी च्यान फ्रान्सको कान चलचित्र महोत्सवमा रहेका छन् भने उनी चाडैं एक चलचित्रमार्फत बलिउडका सुपरस्टार आमिर खानसँगै एकसाथ देखिदै छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu