शाहिदका भाई पनि बलिउडमा प्रवेश



ishan-kapoor

पछिल्लो समय बलिउडमा पनि आफ्ना भाई,बहिनी,छोरीलाई चलचित्रमा डेव्यू गराउने लहरै चलेको छ । नायिका प्रियंका चोपडाकी बहिनी परिणीति चोपडा, अभिनेता अनिल कपूरकी छोरी सोनम कपूर, अभिनेता गोविन्दाकी छोरी नर्मदा लगायत पनि केहि समय अगाडी मात्र बलिउड चलचित्रमा डेव्यू गरेका थिए । त्यहि क्रममा चर्चित बलिउड अभिनेता शाहिद कपुरका भाई इशानले पनि बलिउड चलचित्रमा डेव्यू गरेका छन् ।

उनी अभिनेताको रुपमा नभई सहायक निर्देशकको रुपमा बलिउड चलचित्रमा प्रवेश गरेका हुन् । दाजु शाहिदको चलचित्र उडता पंजाबबाट सहायक निर्देशकको जिम्मा सम्हालेका हुन् । यसअघि शाहिदकी बहिनी सनाह कपुरले शानदार चलचित्रबाट डेव्यू गरेको खबर सार्वजनिक भइसकेको छ। चलचित्र ‘उड़ता पंजाब’ मा शाहिदसगैं नायिका आलिया भट्ट र करीना कपूर खान पनि मुख्य भुमिकामा देखिदैं छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu