भुकम्प पछिको गीतमा राजेश हमाल भन्छन्, ‘हामी जुटछौँ, फेरी उठछौँ’



earthquake-song-rajesh-hamal1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पपछि यतिबेला देश शोकमा डुवेको छ । धेरैले आफ्ना आफन्त गुमाएका छन्,धेरै घाईते भएका छन् भने धेरैको घरबार उजाडिएको छ । त्यसैले पनि होला अहिले एक आपसमा गरिने कुराहरु पनि भूकम्पको विषयमानै केन्द्रित हुने गरेका छन् । यस विषयमा अहिले विभिन्न गायक, संगीतकार, गीतकार लगायतले पनि आफ्नो आवाज, संगीत र रचना मार्फत भूकम्पको पिडा पोखिरहेका छन् । त्यहि क्रममा चलचित्र निर्देशक सुमन दाहालले पनि एउटा भूकम्प गीत तयार पारेका छन् ।

नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको ‘भूकम्पमा आफन्त गुमेकाको कसम, हामी जुटछौँ, फेरी उठछौँ’ बोलको भिडियो सार्वजनिक भएको छ । केहि दिन अगाडी मात्र छायांकन गरिएको उक्त भिडियोमा महानायक राजेश हमाल, रामचन्द्र अधिकारी, लक्ष्मी गिरी तथा टेन्टमूनी दिन विताइ रहेका पवन पण्डितको अभिनय रहेको छ ।

earthquake-song-rajesh-hamal

सार्वजनिक गीतमा चर्चित गायक शिशिर योगीको स्वर रहेको छ भने भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । यो गीतको सीआरबीटी र युट्युबबाट उठेको सबै रकम भूकम्प पीडितका लागि खर्च गरिने यस गीतका निर्देशक सुमन दाहालले जानकारी दिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu