निःशुल्क पढाउन निर्देशक दीपाले खोज्दैछिन् भूकम्प पिडित बालबालिका



deepa-basnet-eduठुलोपर्दा डटकम, काठमाण्डौ।
‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ चलचित्र निर्देशन गरेकी महिला निर्देशक दीपा बस्नेत हाल गरिब, मेहेनती, भूकम्पका कारण पढ्न नपाएका, भूकम्पले घरबार गुमाएका, अभिभावक गुमाएका बालबालिकाहरुको खोजीमा जुटेकी छिन् । भारतको उडिसास्थित विश्वविद्यालय कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) को अन्तर्राष्ट्रिय परामर्शदाता र उक्त विश्वविद्यालयले चलाएको कल्याणकारी शैक्षिक संस्था ‘कलिंगा इन्स्टिच्युट अफ सोसल साइन्स’ (किस) को नेपाल च्याप्टर निर्देशक समेत रहेकी उनले अनाथ, भूकम्पबाट घरबार गुमाएका, अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पढाउने बताएकी छिन् ।

हालै मात्र भारतको उडिसा पुगेर फर्किएकी दीपाले नेपालका ५० जना बालबालिकाको लागि नर्सरीदेखि स्नाकोत्तर सम्मको निशुल्क शिक्षा र आवासको व्यvस्था गरेको बताएकी छिन् । गरिब, अनाथ र घरबारबिहिन भएका बालबालिकालाई शिक्षा तथा आवास दिने योजना अनुरुप हाल आफु त्यस्ता बालबालिकाको खोजीमा रहेको उनले बताएकी छिन् । ‘म गरिब, अनाथ र घरबारबिहिन भएका बालबालिकाको खोजीमा छु, उनीहरुलाई राम्रो शिक्षा दिक्षा दिनका लागी मैले केहि हदसम्म भएपनि प्रयास गरेको छु । कोहि पनि शिक्षाबाट टाढा हुन नपरोस भन्ने उद्देश्यले मैले यो योजना अगाडी सारेको हुँ’ निर्देशक बस्नेतले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu