माइकल ज्याक्सनको घर विक्रि हुँदै



michale-jackson-house

स्वर्गीय चर्चित पपगायक माइकल ज्याक्सनको पुरानो घर नेवरलैंड रांच विक्रि हुने भएको छ । वाल स्ट्रीट जर्नलले बताए अनुसार सिकेमोर वली रांचको नामले चर्चित उक्त घर २,७०० एकड जग्गामा निर्मित छ भने यो घरको मुल्य १० करोड डलर पर्ने बताइएको छ । उक्त घर विक्रि हुने भएपछि हाल माइकल जैक्सनको घरबाट चिडियाघरको जनावरहरु हटाइसकेको छ भने फ्लावर क्लोक र ट्रेन स्टेशन भने अझै पनि हटाइएको छैंन ।

सान्ता बारबाराबाट लगभग ४० किलोमीटर पर रहेको लन्स ओलिवोसमा बनेको यो घरमा ६ बेडरूम र २ वटा गेष्ट हाउस समेतको २२ वटा भवन रहेको छ । यो घर १२,००० वर्गफुटमा निर्माण भएको छ । यस घर ज्याक्सनले १९८७ मा १.९५ डलरमा किनेका थिए । यो घरमा ५० सिट क्षमताको सिनेमा हलसम्म छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu