ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख ११ गते देशव्यापी प्रदर्शनमा आएको चलचित्र रेशम फिलिलिको दोस्रो प्रदर्शन मिति सार्वजनिक भएको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि दर्शकहरु हलसम्म जाने वातावरण नभएपछि प्रदर्शन रोकिएको चलचित्र रेशम फिलिलि अब भदौं ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
‘जालमा’ गीतका कारण निकै चर्चामा आएको चलचित्र रेशम फिलिलिको दोस्रो प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माता माधव वाग्लेले चलचित्र दर्शकले हेर्न अतिनै मन पराएका कारण दोस्रो पटक चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको जानकारी दिए । उनले भने -‘बैशाख ११ गते चलचित्र प्रदर्शनमा आयो तर बैशाख १२ गते भूकम्पगएपछि दर्शकहरुले चलचित्र रेशम फिलिलि हेर्न पाउनुभएको छैन, त्यसैले हामीले पुन प्रदर्शन गर्ने गरि चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हौं ।’
बिनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, कामेश्वर चौराशिया लगायतका कलाकारहरुले चलचित्रमा मुख्य भुमिका निभाएका छन् । कमेडी जनराको चलचित्र रेशम फिलिलिका लेखक तथा निर्देशक प्रनव जोशी हुन् । भी मोसन पिक्चर्सको को निर्माण बनेको चलचित्रमा लगानी माधव वाग्लेको रहेको छ ।