महेश बाबूको नयाँ चलचित्र ‘ब्रह्मोत्सवम’ बन्दै



mahesh-babu-new-cinema

तेलुगू चलचित्रका सुपरस्टार महेश बाबूको नयाँ चलचित्र ‘ब्रह्मोत्सवम’को छायांकन १० जुलाईबाट सुरु हुने भएको छ । चलचित्र निर्देशक श्रीकांत अडालाले चलचित्रको औपचारिक घोषणा आउँदो शनिवार गर्ने जानकारी दिएका छन् ।

श्रीकांतले बताए अनुसार यस चलचित्रको छायांकन १० जुलाईबाट सुरु हुनेछ र चलचित्रमा महेश बाबूको मुख्य भुमिका रहने छ । महेश बाबू चलचित्रका लागी आवश्यक भएका कारणले नै उनलाई चलचित्रका लाग पक्का गरिएको निर्देशक अडालाले बताए । महेश बाबूको यस चलचित्रमा धमकेदार एक्शन रहने पनि उनले खुलाएका छन् । आफ्ना अधिकाशं चलचित्रमा एक्शन अवतारमा देखिने महेश बाबू यस चलचित्रमा पनि दर्शकले रुचाउने एक्शन अवतारमा देखिने बताइएको छ ।

पीवीपी सिनेले निर्माण गर्न लागेको यस चलचित्रमा महेश बाबूको जोडीको रुपमा तेलुगू अभिनेत्री रकुल प्रीत सिंह र परिणिता सुभाषले साथ दिनेछन् । महेश बाबू र रकुल प्रीत सिंह र परिणिता सुभाष चलचित्रका लागी पक्का भए पनि अन्य कलाकारहरुको छनोट केहि दिन भित्रमानै हुने बताइएको छ । अभिनेता महेश बाबूका भारतसँगै नेपाल, पाकिस्तान, यूके, चीन, जापान लगाएत मुलुकमा उल्लेखनिय संख्यामा फ्यानहरु रहेका छन् । उनले अभिनय गरेका अभिकाशं चलचित्रहरु सफल भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu