व्यावसायी विनोदसँग रजिनाले कसिन लगनगाँठो



rajina-rimal-marrige

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘मर्ने कसैलाई रहर हुँदैन’, ‘पागल म बन्न सक्छु’, ‘म मर्ने बेला तिमी चै आउनु’, ‘पानीको फोका जस्तै’ लगाएत दर्जनौं चर्चित गीतहरु गाएकी पार्श्र्वगायिका रजिना रिमाल दुलही बनेकी छिन् । उनले मंगलबार काठमाडौंको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोदसँग लगनगाठो कसेकी हुन् ।

चलचित्रकर्मी,गायक गायिकाहरुको खासैं उपस्थिती नरहेको बिबाह कार्यक्रममा उनका पारिवारका सदस्यहरुको मात्र सहभागी भएका थिए । विनोदसँग केहि बर्षदेखी प्रेममा रहदैं आएकी रजिनाले केहि समय अगाडीनै इन्गेजमेन्ट गरेकी थिइन् । सात वर्षकै उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी रजिनाले १३ वर्षको हुँदा ‘सपुत’ चलचित्रको ‘प्लेब्याक सिंगर’ भएर गीत गाएकी थिइन र उनले १५ वर्षको उमेरमा पहिलो एल्बम ‘परी’ बजारमा ल्याएकी थिइन् ।

उनको पहिलो एल्बमको ‘मान्छे हुन सकुँ‘’ र र उनको दोस्रो एल्बम ‘रजिना’ को ‘पानीको फोका जस्तै’ निकैं नै चर्चित छ । चलचित्र ‘नाइँ नभन्नु ल’ को शीर्ष गीत गाएपछि नेपाली चलचित्रकीकी व्यस्त पाश्र्वगायिका बनेकी रजिनाले हालसम्म ६ सय भन्दा बढि गीतहरु गाइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu