वितेका पलले सतायो अविलाई (भिडियो)



Abi-Ang

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अवि आङ् लिम्बुले पनि बजारमा आफ्ना दर्शक तथा स्रोताहरुका लागी नयाँ गीत पस्केका छन् । पछिल्लो समय गीत संगीतको क्षेत्रमा चर्चा कमाउदै आएका गायक तथा कम्पोजर बिश्व शान्ता राईको स्वरमा रहेको अवि आङ् लिम्बुको संयोग एल्बममा रहेको “पानीमा फुल्ने कमल फूल” बोलको गीत अहिले सांगीतिक क्षेत्रमा चर्चामा रहेको छ ।

प्रेमिकाले छोडेर गए पनि विगतका पलहरुले सताई रहेको कथा गीतको भिडियोमा छ । भिडियोलाई इजरायलको विभिन्न स्थानमा छायांकन गरिएको हो । गीतलाई अवि आङ् लिम्बुको रचनामा बिश्व शान्ता राईले आफ्नो स्वर भरेका छन् । त्यस्तै यस गीतमा आफ्नो कलालाई प्रस्तुत गर्ने क्रममा अवि, रोहित , युनिका, प्रिश्किलाले आफ्नो उत्कृष्ट अभिनय पस्केका छन् ।

सो गीतको छायांकन तथा निर्देशन अनिल सिंह राजपुतले गरेका हुन् भने एरेन्जर किरण कंडेलले गरेका छन् । ओम प्रसाईले यस गीतको सम्पादन गरेका छन् । उक्त गीतलाई त्रिबेणी फिल्मस्ले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu