एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक



NFDC-Award

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको तेस्रो संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ का लागि उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको छ । चलचित्र क्षेत्रका विभिन्न संघ संस्था, चलचित्रकर्मी तथा चलचित्र विज्ञसागको अन्तर्क्रिया र उनीहरुको साथ सहयोगमा तयार पारिएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ को टर्मस् अफ रिफ्रेन्स अनुसार नै तेस्रो संस्करणका लागि उत्कृष्ट ५ को छनौट गरिएको एनएफडिसी अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुल २० विधामा अवार्ड प्रदान गरीने भए पनि १७ विधाका लागि संयोजकसहित ४ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित चलचित्रहरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार)को नाम सार्वजनिक गरिएको जनाइएको छ ।

जस अन्तर्गत “हिरा” सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कारको विधामा फाल्कोन पिक्चर्स्को चलचित्र जेरी, व्ल्याक हर्स पिक्चर्स्को चलचित्र कबड्डी, वान टाइम सिनेमाको चलचित्र नाई नभन्नु ल ३, सुवास इन्टरटेनमेण्ट र आर्यन सिग्देल इन्टरटेनमेण्टको चलचित्र नोभेम्बर रेन र व्ल्याक हर्स पिक्चरकै चलचित्र टलक जंग भर्सेस् टुल्के मनोनयनमा परेका छन् ।

यस्तै “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारका लागि दिनेश राउत – नोभेम्बर रेन, हेमराज बिसी – जेरी, मुस्कान ढकाल – नाई नभन्नु ल ३, निश्चल बस्नेत – टलक जंग भर्सेस् टुल्के र रामबाबु गुरुङ – कबड्डी विच प्रतिष्पर्धा हुने भएको छ । यता “शिव” सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कारका लागि कडा प्रतिष्पर्धा देखिन्छ । जसमा आर्यन सिग्देल – नोभेम्बर रेन, अनमोल केसी – जेरी, दयाहाङ राई – कबड्डी, जीवन लुईँटेल – स्टुपिड मन र खगेन्द्र लामिछाने – टलकजंग भर्सेस् टुल्के मनोनयनमा परेका छन् । गत वर्ष सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा आर्यन सिग्देलले चलचित्र महशुश मार्फत उक्त पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै “भुवन” सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष चलचित्र झोलाबाट यही विधाको अवार्ड प्राप्त गरेकी गरिमा पन्त यो वर्ष चलचित्र ठूलीबाट मनोनयनमा परेकी छिन् भने अन्य अभिनेत्रीहरुमा केकी अधिकारी – श्री ५ अम्बरे, नम्रता श्रेष्ठ – नोभेम्बर रेन, प्रियांका कार्की – सुन्तली र ऋचा शर्मा – टलक जंग भर्सेस् टुल्के मनोनयनमा रहेका छन् । “नीर” सर्वोत्कृष्ट सहअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार को बिधामा अनुप विक्रम शाही – हँसिया, निरज बराल – स्टुपिड मन, प्रमोद अग्रहरी – सुन्तली, सलोन बस्नेत – आभाष र सुशांक मैनाली – टलक जंग भर्सेस् टुल्के मनोनयनमा रहेका छन् ।

“वसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कारका लागि छुल्ठिम डोल्मा गुरुङ – नोभेम्बर रेन, लक्ष्मी गिरी – भूल भूलैया, निशा अधिकारी – आभाष, सरिता गिरी – रेड मनसुन र सूर्यमाला खनाल – सुन्तली मनोनयनमा रहेका छन् । अभिनेत्री लक्ष्मी गिरीले गत वर्ष चलचित्र झोलाबाट यसै विधाका लागि अवार्ड प्राप्त गरेकी थिइन् । यस्तै “विश्व” सर्वोत्कृष्ट नवअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कारको उत्कृट ५ मा विनय भट्ट – सम्बोधन, संजोग कोईराला – उत्सव, सौरमराज तुलाधार – जिन्दगी रक्स, सिद्धार्थ गुरुङ – वान वे
र सुदर्शन थापा – अझै पनि मनोनयनमा रहेका छन् भने “चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री राष्ट्रिय चलचित्र पुरस्कारका लागि आना शर्मा – जेरी, आश्मा डिसी – आभाष, चााँदनी शर्मा – स्टुपिड मन, माला लिम्बु – वान वे र शिल्पा पोखरेल – लज्जा मनोनयनमा रहेका छन् ।

“चेतन” सर्वोत्कृष्ट लेखन, राष्ट्रिय चलचित्र पुरस्कारका लागि विकास आचार्य – नाई न भन्नु ल ३, छेतन गुरुङ – नोभम्बर रेन, खगेन्द्र लामिछाने – टलक जंग भर्सेस् टुल्के, रामबाबु गुरुङ – कबड्डी र सामिप्य तिमल्सिना – स्टुपिड मनबाट उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् । “मञ्जु” सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कारका लागि पुरुषोत्तम प्रधान – नाई नभन्नु ल ३, राजेश श्रेष्ठ – नोभेम्बर रेन, राजु थापा – कोहिनुर, सञ्जय लामा – स्टुपिड मन र शैलेन्द्रध्वज कार्की – जेरीबाट मनोनयनमा रहेका छन् । पुरुषेत्तम प्रधानले गत वर्ष नाइ नभन्नु ल २ बाट यही बिधामा अवार्ड प्राप्त गरेका थिए ।

“तुलसी” सर्वोत्कृष्ट सम्पादक, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अनन्त थपलिया – हवल्दार सुन्तली, बनिष शाह – कोहिनुर, विपिन मल्ल – वान वे, निमेष श्रेष्ठ – कबड्डी र सुरेन्द्र पौडेल – आभाषबाट उत्कृष्ट ५ को मनोनयनमा परेका छन् । “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारको बिधामा चन्द्र पन्त – हवल्दार सुन्तली, हिमाल केसी – किल्ला, राजकुमार उप्रेती – हँसिया, रोशन श्रेष्ठ – आगो २ र सानुकुमार महर्जन – नाइके बाट मनोनयनमा परेका छन् ।

“शम्भुजीत” सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अर्जुन पोखरेल – तिम्रो आँखामा आँसु – स्टुपिड मन, वसन्त सापकोटा – म त मर्छु की क्या हो – ठूली, चेतन सापकोटा – मात लाग्यो – लज्जा, दिपक शर्मा – तिम्रा डोला डोला – हवल्दार सुन्तली
र ताराप्रकाश लिम्बु – तिमीलाई के भनुँ – नोभेम्बर रेन मनोनयनमा छन् । यो विधामा गत वर्ष वसन्त सापकोटाले नाइ न भन्नु ल २ बाट अवार्ड प्राप्त गरेका थिए । “उदित सर्वोत्कृट पार्श्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अन्जु पन्त – स्टुपिड मन – स्टुपिड मन, मिलन अमात्य – जब सपनीमा – श्री ५ अम्बरे, राजेशपायल राई – म त मर्छु की – ठूली, स्वरुपराज आचार्य – तिम्रो आँखामा – स्टुपिड मन र युवराज चौलागाई – तिमीलाई – नोभेम्बर रेन प्रतिष्पर्धामा छन् ।

“वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कारको बिधामा कविराज गहतराज – घण्टी बज्यो – हवल्दार सुन्तली, गम्भिर विष्ट – नाचन मैयाँ – टलक जंग भर्सेस् टुल्के, गोविन्द राई – खुशी मनाँ साथी हो – नागबेली, रामजी लामिछाने – जीन्दगीको दुई पल – अलविदा, र रेनशा राई – आजको रात – हँसिया उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् । यस्तै “शुभ” सर्वोत्कृष्ट पार्श्र्व संगीत, राष्ट्रिय चलचित्र पुरस्कारका लागि एलिस कार्की – कोहिनुर, जेशन कुँवर/रोवर्ट जिसा – सुन्तली, मनोज कुमार के.सी. – माला, मोहित मुनाल – बिर्खेलाई चिन्छस् र रामजी लामिछाने – तथास्तुबाट मनोनतयनमा रहेका छन् । भने “प्रदीप” सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण, राष्ट्रिय चलचित्र पुरस्कारका लागि अमित श्रेष्ठ – लभ यू बाबा, दिप तुलाधर – शिशा, डिजे एल एक्स – वान वे, मुकेश शाह – तथास्तु र उत्तम न्यौपाने – मुखौटाबाट उत्कृष्ट ५ को मनोनयनमा रहेका छन् ।

यस्तै निर्णायक समितिले आँफै कार्यविधि बनाई छनोट गरेको कुनै एक श्रष्टालाई “मह” जुरी, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । यता आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । भने नेपाली चलचित्र उद्योगको श्रीवृद्धिका लागि उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र पत्रकारलाई “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।

अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई २०७१ वैशाख १ गतेदेखि २०७१ चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका चलचित्र तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू तथा प्राविधिज्ञहरू राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा सहभागी भएको उल्लेख गरिएको छ ।

अवार्डका लागि २५ वर्ष भन्दा लामो समयदेखि चलचित्रकर्ममा रहदै आएका वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहनु भएको निर्णायक मण्डलमा वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ र वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu