अमेरिकन गायिका, अभिनेत्री, उद्यमी, गित रचनाकार, व्यापारी तथा फेसन डिजाइनर समेत रहेकी लेडी गागा बेला बखतमा चर्चा र विवादमा तानिरहेकी हुन्छिन् । उनी धेरै जसो आफुले लगाउने पहिरनका कारण चर्चामा आउने गर्छिन । पहिरनमा निकै शोखिन भनेर चिनिने लेडी गागा आफ्नो विवाहमा भने साधारण पोशाक पहिरिने बताएकी छिन् ।
एक पत्रिकासँगको अन्तरर्वार्ताको क्रममा लेडी गागाले यस्तो बताएकी हुन् । गागाले मोडल तथा अभिनेता टेलर किन्नेका साथ गत फेब्रुवरीमा भ्यालेन्टाइन डेको अवसर पारेर इन्गेजमेन्ट गरेकी छन् । उनीहरूले करिब चार वर्षको डेटिङपछि इन्गेजमेन्ट गरेका हुन् । किन्ने र गागाले सामान्य र परम्परागत रूपमा विवाह गर्ने बताइएको छ। गागा नजिकको स्रोतका अनुसार उनी आफ्ना बाबुको न्युयोर्कस्थित जोन्ने ट्रेटोरिया रेस्टुरेन्टमा विवाहको पार्टी गर्न चाहन्छिन् ।
गागाले एक अन्तरर्वार्ताको क्रममा आफु १९ बर्षको उमेरमा नै बलात्कृत भएको खबरका कारण निकै चर्चामा आएकी थिइन् ।