यो बर्ष ‘नेफ्टा फिल्म अवार्ड’ कतारमा हुने, गरियो औपचारिक सुरुवात



nefta-qatar

ठुलोपर्दा डटकम, काठमाण्डौ।
७ बर्ष देखी निरन्तर रुपमा अवार्ड वितरण गर्दै आइरहेको नेपाल चलचित्र प्राविधिक संघले यो बर्ष ‘आठौ नेफ्टा फिल्मी अवार्ड’ कतारमा गर्ने भएको छ । शनिबार राजधानीमा एक औपचारिक कार्यक्रमका बीच संघले ‘आठौँ नेफ्टा अवार्ड’को औपचारिक सुरुवात पनि गरेको छ ।

यस अधि मलेसिया र हङकङमा पुगेर अवार्ड वितरण गरिसकेको नेफ्टा फिल्मी अवार्ड यस बर्ष कतारमा हुने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिए । वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तमसम्म प्रदर्शनमा आएका चलचित्रमध्ये यो बर्ष ७५ वटा चलचित्रले अवार्डका लागि प्रतिस्पर्धा गर्दैछन् । यी चलचित्रहरु आइतबारबाट अवार्डका निर्णायकहरुले गर्ने बताइएको छ । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारसँगको सहकार्यमा हुन लागेको आठौँ नेफ्टा फिल्मी अवार्डको शनिबार नेपाली चलचित्रका नायक तथा नायिकाहरुले केक काटेर र क्राकर्स पड्काएर शुभारम्भ गरेका थिए ।

nefta-qatar1

कार्यक्रममा बोल्दै नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले यस बर्षको अवार्ड पनि निस्पक्ष र पारदर्शी हुने बताए । उनले यो बर्षदेखि आदिवासी चलचित्रलाई पनि अवार्डमा प्रतिस्पर्धा गराउने जानकारी दिए । अवार्डका संयोजक शिव पुरी, निर्देशक नारायण पुरी, नायिका करिश्मा मानन्धर, अन्तरराष्ट्रिय कलाकार मञ्च कतारका उपाध्यक्ष रित श्रेष्ठ लगायतले पनि आफ्नो मन्तव्य राखेका थिए । साथै सोहि कार्यक्रममा चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष राज कुमार राईलाई पनि बधाई तथा सम्मान गरिएको थियो । नायकतर्फबाट जीवन लुइटेल, गजित बिष्ट, यशराज, गौरव पहारी र नायिकाहरुबाट करिश्मा मानन्धर, ऋचा शर्मा, शिल्पा पोख्रेल, वेनिशा हमाल, सरिता गिरी, शोभिता सिंखडा, सुरक्षा पन्त, नन्दिता केसी, केकी अधिकारीले ‘आठौ नेफ्टा अवार्ड’को औपचारिक सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu