ठुलोपर्दा डटकम, काठमाणडौ।
स्वर्गीय चर्चित नायक श्रीकृष्ण श्रेष्ठलाई अमेरिकामा सञ्चालित अमेरिकन नेपाली टेलिभिजनले ‘अमर तारा’ उपाधीबाट सम्मान गरेको छ । स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्कालाई नेपाली राजदुत अर्जुन कुमार कार्कीले उक्त उपाधि हस्तान्तरण गरेका थिए ।
श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र कोहिनूर पनि प्रदर्शन गरिएको थियो । स्व.श्रेष्ठ सानो उमेरदेखि आफ्नो अभिनय क्षमता मार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदान स्वरुप अमेरिकामा स्थापना भएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गरेको हो । चलचित्र कोहिनूरको प्रदर्शनबाट उठेको रकम नेपालका भूकम्प पिडितलाई दिने नायिका स्वेता खड्कालले कार्यक्रममा बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि रहेका राजदुत कार्कीले अमेरिकामा नेपाली समुदायलाई एकता नभएको आरोप लागेको अवस्थामा डिसी महानगर क्षेत्रका सबै संघ तथा संस्था मिलेर कोहिनूर चलचित्र देखाउन आफुले आग्रह गरेको र सोहि अनुसार मिलेर चलचित्र देखाईएकोमा खुसी व्यक्त गरेका थिए ।